+
+

उद्योग वाणिज्य महासंघमा पर्यटन समिति विस्तार, को-को समेटिए ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १७:५०

१० भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशबन्धु बस्नेत (अजित) नेतृत्वको पर्यटन तथा हवाई यातायात समिति विस्तार गरेको छ ।

भूकम्प र कोराना महामारीपछि थिलथिलो भएको नेपालको पर्यटन क्षेत्रलाई उजागर गरी देशको ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याउने कार्यभार समितिले पाएको छ ।

सो समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरी बास्तोला र नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ रहेका छन् ।

सदस्यहरुमा हानका अध्यक्ष विनायक शाह, नाराका अध्यक्ष शिव अधिकारी, एनटीभएका अध्यक्ष कुलप्रसाद न्यौपाने, वेष्ट रिसोर्टका प्रबन्ध निर्देशक सचिन ढकाल र पर्यटन बोर्डका तर्फबाट सिर्जना नेपाली रहेका छन् ।

आमन्त्रित सदस्यहरुमा रेवानका उपाध्यक्ष संघर्ष विष्ट, पाटा नेपाल च्याप्टर अध्यक्ष विभुती चन्द ठकुरी, होटल स्टर्न स्टारका अध्यक्ष भावेशकुमार श्रेष्ठ, एचपीएफएनका निवर्तमान अध्यक्ष अमृत भुजेल र एभरेष्ट ग्रूपका नर्देशक प्रनिल प्रधान रहेका छन् ।

उक्त समितिको सल्लाहकारहरुमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, मेरिएट काठमाडौंका अध्यक्ष शशिकान्त अग्रवाल, लुम्बिनीका सद्धभावना दूत विक्रम पाण्डे, डोल्मा फण्ड अन्तरगत प्राक्टिक टुरिजमका प्रमुख उप्पल मजुम्दर रहेका छन् ।

समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष चन्द्र ढकालले अहिलेको अवस्थामा उक्त समितिले पर्यटन क्षेत्रको सुधारका साथै महासंघको साख उचो बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

समितिका सभापति देशबन्धु बस्नेतले उक्त समितिले देशमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण भूमिका रहेको पर्यटन क्षेत्रलाई देश विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?