+
+

भोजपुरमा बर्सातले पहिरो जाँदा सडकसहित घरहरू जोखिममा

रासस रासस
२०८० भदौ १० गते २०:३२

१० भदौ, टक्सार । निरन्तरको वर्षाका कारण भोजपुरमा पहिरो जान सुरु भएको छ । पहिरोका कारण सडक, विद्यालयका र घरहरूसमेत जोखिममा परेका छन् । जिल्लामा निरन्तरको वर्षा भएपछि सडकसहित घरहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए ।

पहिराले भोजपुर नगरपालिका-१२ का दुई घरमा जोखिम भएको छ । अन्य केही घरसमेत जोखिममा रहेका छन् । शनिबार राति गएको पहिराले रमेश दर्नाल र मोतिलाल कपालीको घरमा क्षति पुगेको स्थानीयवासी विमल रणपहेलीले जानकारी दिए ।

केही दिनयताको अविरल वर्षाका कारण आफ्नो घरको माथि र तलबाट पहिरो गएको दीपेन दर्नालले बताए  । उनले भने, ‘शनिबार रातिको पहिराले घरमा नै क्षति पुर्‍याएको छ, आवश्यक सहयोगका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।’

अन्य घरहरू पनि पहिराको जोखिममा छन् । थप पहिराको जोखिम रोक्न र आवश्यक सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत ती दुई घर परिवारले गरेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार वर्षाका कारण भोजपुर नगरपालिका–४ का नरेश खड्काको दुईतले घर पूर्णरूपमा क्षति भएको ।

यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका–२, कोतगढीडाँडा नजिकैको भित्री सडकखण्डमा पहिरो गएर सडक नै अवरोध भएको छ । बर्सातका कारण हतुवागढी गाउँपालिका–१, भीमसेनथानका छत्रबहादुर बस्नेतको घर छेउमा रहेको गोठ लड्दा गोठभित्र रहेका केही खसी बाख्राहरूसमेत मरेका छन् ।

भोजपुर नगरपालिका–१२, पैयाँपानीमा रहेको सार्वजनिक आधारभूत विद्याालयको ४० मिटर पर्खालसमेत वर्षाका कारण ढलेको प्रहरीले जनाएको छ । तीनतले घर भत्किएपछि जिल्लाको उत्तर षडानन्द नगरपालिका-८ का चमरसिंह तामाङको आठ जनाको परिवार छिमेकी हर्कराज राईको घरमा बस्दै आइरहेको छ ।

त्यस्तै रामप्रसाद राई गाउँपालिका-७ का सुमन राई, सोही वडाका टीकाराम राई लगायतको घरमा समेत क्षति पुगेको प्रहरी निरीक्षक लिम्बूले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?