+
+

२०३० सम्म नेपाललाई स्टार्टअप मैत्री देश बनाउछौं : मन्त्री रिजाल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १३:४५

११ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले युवामा रहेको नवप्रवर्तनको विचारलाई व्यवसायमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै मन्त्री रिजालले सरकारले नवप्रवर्तनको विचारहरुलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशीलता प्रवद्र्धन गर्न निजी क्षेत्र र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको बताए ।

‘देशमा स्टार्टअपका लागि अनकुल इकोसिस्टम सिर्जना गर्ने विभिन्न कानुनी तथा नीतिगत सुधारहरु गरिरहेको छ’, उनले भने ।

मन्त्री रिजालले नेपाललाई आगामी २०३० सम्ममा स्टार्टअपमैत्री राष्ट्र बनाउन सरकार औद्योगिक क्षेत्र र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।

‘स्टार्टअपलाई प्रवद्र्धन गर्न परियोजनामा आधारित कर्जा र अनुदान उपलब्ध गराउने युवा उद्यमी र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई सहयोग गर्ने कोष स्थापना गर्ने र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने जस्ता कार्य कार्यान्वयन गराउन लागेको छ’ उनले स्टार्टअपबारे सरकारी नीति भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?