+
+

वायुसेवा सञ्चालक संघका अध्यक्ष थापालाई १० हजार जरिवाना तिराउने प्राधिकरणको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १७:०३

११ साउन, काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि प्राधिकरणले उनलाई जरिवाना तिराउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले हवाई तथा उडान सुरक्षा प्रभावित बनाउने गरी अभिव्यक्ति दिएको तथा समाचार सामग्री छपाएको भन्दै सिम्रिक एयरका समेत सञ्चालक थापालाई स्पष्टीकरण सोधेको थियो ।

प्राधिकरणले लिएको रात्रि बिसान, मनसुनमा उडान समत तोक्नेसहितका विषयमा अध्यक्ष थापा र प्राधिकरणबीच विवाद हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?