+
+

दिनेशकुमार घिमिरे सचिवमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते २२:१८

१२ भदौ, काठमाडौं । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि पनि उनको नाम पटक–पटक सचिवका लागि सिफारिस हुँदै आएको थियो । हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा रहेको बढुवा समितिले सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस गरेको थियो ।
घिमिरेसहित सहसचिवहरु राधिका अर्याल र चुडामणि पौडेल सिफारिसमा परेका थिए । तर, घिमिरे वरिष्ठतामा अघि थिए ।

सचिव भएका घिमिरेले यसअघि उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालय, प्रधामनन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतमा सहसचिवका रुपमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?