+
+
घुमघाम :

चिटिक्क चरिकोट

गर्मी होस् या चिसो मौसम, यहाँको वातावरण छिनछिनमा बदलिइरहन्छ । अझ वर्षायाममा बादलको लुकामारीले चरिकोटको सुन्दरतामा झन् सुन्दरता थपिरहन्छ ।

जीवन लामा जीवन लामा
२०८० भदौ १३ गते १८:५४

१३ भदौ, काठमाडौं । हिमाली जिल्लामध्ये सुन्दर बजारमा पर्दछ चरिकोट । भीमेश्वर नगरपालिका अन्तर्गत पर्ने दोलखाको सदरमुकाम हो चरिकोट । चरिकोट सदरमुकाम १ हजार ९७० मिटर उचाइमा पर्दछ ।

काठमाडौंबाट १३३ किलोमिटर टाढा पर्दछ चरिकोट । जुनसुकै मौसम र समयमा पनि चिटिक्क देखिन्छ चरिकोट ।

यही चरिकोटबाट १८ किलोमिटर तल तामाकोशी बजार झर्दा तराईको मौसम महसुस हुन्छ । किनकि तामाकोशी बजार ८०० मिटर उचाइमा पर्दछ ।

यही चरिकोटबाट १७ किलोमिटर उकालो लाग्दा कालिञ्चोक मन्दिर पुगिन्छ । कालिञ्चोक भगवती मन्दिरको उचाइ ३ हजार ८४२ मिटर छ । जसले गर्दा गर्मी होस् या चिसो मौसम, यहाँको वातावरण छिनछिनमा बदलिइरहन्छ । अझ वर्षायाममा बादलको लुकामारीले चरिकोटको सुन्दरतामा झन् सुन्दरता थपिरहन्छ ।

सदरमुकाम चरिकोट दोलखा जिल्लाको ट्रान्जिट प्वाइन्ट पनि हो । चरिकोटमा सुविधासम्पन्न होटलहरू भएकाले दोलखा भित्रिएका पर्यटकले प्रायः एक रात यहीं बसेर मात्र अन्यत्र गन्तव्य तय गरेका हुन्छन् ।

दोलखामा रहेका गौरीशंकर हिमाल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, च्छोरोल्पा हिमताल, लाप्ची गुम्बा र विगु गुम्बामा जानको लागि आन्तरिक तथा बाहृय पर्यटकहरू यही बाटो हुँदै जाने हो ।

यहींबाट दोलखाको ८ वटा स्थानीय तहहरूमा पुग्न सकिन्छ । चरिकोटबाट भीमेश्वर मन्दिर, कालिञ्चोक मन्दिर, राङराङथली थामी संग्रहालय र महांकाल मन्दिरमा मोटरबाटोहुँदै सहज तरिकाले पुग्न सकिन्छ ।

चरिकोट सातदोबाटोबाट जिरी नगरपालिका ५५ किलोकिलोमिटर टाढा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?