+
+

बिगमार्टमा तरकारी-फलफूल खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १८:३०

काठमाडौं । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य  गरेको छ । जसअन्तर्गत  बिगमार्टमा  फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ ।

उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा  स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् ।

स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरुले बिग मार्टका सबै शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

साथै स्मार्ट क्युआर र नेपाल पे क्यूआर अन्तर आबद्धता सुचारु भएसँगै नेपाल पेमा आबद्ध भै स्मार्ट क्यूआरमा भुक्तानी गर्न सुचारु गरेका  विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?