+
+

बौद्ध जीवनमा वर्षावास (भिडियो)

पवन थापा ‘ जोय’ पवन थापा ‘ जोय’
२०८० भदौ १६ गते ९:०३

वर्षावास भनेको के हो ?

बुद्धको समयमा भिक्षु, भिक्षुणी संघ र आम समुदायमा बुद्ध शासनप्रति आलोचनात्मक दृष्टि बढ्दै गएपछि भगवान बुद्धले उनीहरूका निम्ति विनय (नियमबद्ध) गराउनुभयो। विनयलाई समयक्रममा हेरफेर गर्न सकिन्छ ।

विनय पिटक

विनय पिटक बौद्ध भिक्षुहरूको नियम र अनुशासन सम्बन्धी विषय लेखिएको एक बौद्ध ग्रन्थ हो, त्रिपिटकमध्ये एक। भिक्षु विनयभित्र पर्नेमध्ये महत्वपूर्ण विनय हो ‘वर्षावास’ । वर्षावास प्रारम्भ भएदेखि भिक्षु भिक्षुणी आषाढ पूर्णिमादेखि असाेज पूर्णिमासम्म तीन महिना एकै ठाउँमा बस्नुपर्ने हुन्छ।

यदि कोही भिक्षुहरू वर्षावास बस्ने स्थानमा समयमै पुग्न सकेनन् भने श्रावण पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म द्वितीय वर्षावास बस्नुपर्ने हुन्छ। भिक्षु भिक्षुणीहरूलाई शील अथवा विनय पालना गर्न अरूभन्दा वर्षावासको समय नै बढी उपयुक्त ठानिन्छ।

वर्षावास उपसम्पदा लिएका भिक्षुहरूको तथ्याङ्क सूत्र पनि हो किनकि बढी वर्षावास लिएका भिक्षु ज्येष्ठ (आयुष्मान) ठानिन्छन्।

वर्षावासको इतिहास

भिक्षु भिक्षुणी संघहरू धर्मप्रचारको क्रममा वर्षाको समयमा आवतजावतको कारणले आम समुदायमा आलोचनात्मक प्रश्न पैदा हुन थाले । यस्ता आलोचनात्मक प्रश्नको दोषारोपणबाट मुक्त हुन वर्षावास नियम भगवान बुद्धले बनाउनुभएको थियो।

बुद्धको समयमा जम्बुद्वीपमा बुद्ध सँगसँगै जैन धर्मको पनि ठूलो प्रभाव थियो। उनीहरू वर्षाको समयमा एकैठाउँमा बस्दथे । जैन मार्गीहरू घाँस बिरुवाहरूमा पनि जीवन छ र बिरुवाहरू एक इन्द्रिय प्राणी हो भन्नेमा विश्वास गर्दथे। बाटोमा हिंड्ने वेला अनजानमै पनि खुट्टाले कुल्चेर मर्‍यो भने पनि पाप लाग्छ भन्ने कुरामा विश्वास गर्थे।

वर्षायाममा झरी परेर धेरै मात्रामा घाँस उम्रन्थ्यो र बाटामा कीराहरू निस्कन्थे। खेतमा हिंड्दा धान बालीहरू बिग्रने गर्थ्यो । त्यसैले जैनमार्गीहरू वर्षायाममा बाहिर निस्किंदैनथे।

बुद्ध शिक्षाले रुख बिरुवाहरूलाई प्राणीको रूपमा हेर्दैन। त्यसैले भिक्षुहरू वर्षायाममा धर्मप्रचार गर्न एकदेखि अर्को ठाउँसम्म चारिका गरिरहन्थे। हिंड्ने क्रममा पानी पर्थ्यो, तापनि भिज्दै खेतको आलीबाट पनि हिंडिरहन्थे। यो देखेर आम मानिसले बुद्धको शिष्य भएर पनि यसरी हिंड्छन भनेर आलोचना गर्न थालेका थिए।

यस्ता आलोचना आउन थालेपछि भगवान बुद्धले यो शैलीमा पुनर्विचार गर्नुभयो। वर्षाको समयमा यात्रा गर्नुपर्दा धेरै कष्ट हुने गर्थ्यो। भिक्षु भिक्षुणीहरू वर्षामा भिजेर बिमारी हुने गर्थे, वर्षाको समयमा विषालु सर्प र अन्य जनावरले डसेर भिक्षु भिक्षुणीहरूको मृत्युसम्म हुन्थ्यो।

यस्तो वर्षाको समयमा बाहिर निस्कनुभन्दा तीन महिनासम्म वर्षावास बस्नु नै ठिक ठाने र भिक्षु भिक्षुणीहरूलाई ध्यान भावना गर्न, सूत्रहरू कन्थ, धम्म बुझ्न र भिक्षुहरूलाई उपोसथ गृहमा सहभागी भएर आपत्ति देशना अर्थात् एकअर्कामा आत्मालोचना गर्न पनि सहज हुने भएकोले भिक्षु संघलाई भेला गराई वर्षावास बस्नुपर्ने विनय बनाउनु भएको थियो (धर्मकीर्ति मासिक) ।

लेखकको बारेमा
पवन थापा ‘ जोय’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?