+
+

इजरायली लिगमा सावित्राले डेब्यु खेलमै गरिन् चार गाेल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते २१:३४

१५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार सावित्रा भण्डारी साम्बाले इजरायलमा एकै खेलमा चार गोल गरेकी छन् ।

इजरायलको शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानानाका लागि खेलेकी सावित्राले रामात हाशोरोन विरुद्ध ह्याट्रिकसहित चार गोल गरेकी हुन् ।

सावित्राले सिजनको पहिलो लिग खेलमै सानदार प्रदर्शन गरेकी हुन् ।

यसै सिजन मात्रै मात्र युरोपमा क्लब फुटबल खेल्ने इजरायलको क्लबमा अनुबन्ध भएकी सावित्राले यसअघि एथेना कप खेलेकी थिइन् ।

तर उनी सम्मिलित हापोएल रानाना सेमिफाइनलबाटै बाहिरिएको थियो ।

सावित्रा इजरायलमा लिग खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छन् ।

एसिया महादेशमा पर्ने भएपनि इजरायलको क्लबले युरोपपियन फुटबल महासंघ युइएफएमा आबद्ध भएर क्लब फुटबल खेल्दै आएको छ । त्यसैले सावित्राले युरोपियन शैलीको फुटबलको स्वाद समेत लिनेछन् ।

दक्षिण एसियामा नेपालसहित भारत र माल्दिभ्सको लिग खेलिसकेकी सावित्राले पहिलो पटक युरोपियन स्तरको फुटबल खेलिरहेकी छन् ।

भारतीय महिला लिगमा गोकुलम केरालाको लागि उत्कृष्ट प्रदर्शन गरेकी सावित्राको लागि युरोपियन लिगमा बाटो खुलेको थियो ।

उनले गोकलुमबाट उपाधि सहित सर्वाधिक गोलकर्ताको अवार्ड समेत जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?