+
+

दाङको तेल मिलमा आगलागी, डेढ करोड बढीको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते ८:५५

१६ भदौ, दाङ । दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ ।

शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो ।

आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

उनले आगलागीबाट दुईतले पक्की भवनमा पूर्णरूपमा क्षति पुगेको र दाल पिस्ने मेसिन तथा तेल मिलमा पनि क्षति पुगेको बताए ।

उनका अनुसार आगलागीबाट डेढ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

विद्युत् सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?