+
+

जसप्रित बुमराहले नेपालविरुद्ध नखेल्ने, फर्किए मुम्बई

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते २१:२१

१७ भदौ । भारतीय क्रिकेट टिमका फास्ट बलर जसप्रित बुमराहले एसिया कपमा नेपाल विरुद्ध खेल गुमाउने भएका छन् । एसिया कपका लागि हाल श्रीलंकामा रहेका बुमराह व्यक्तिगत कारणले मुम्बई फर्किएको र उनले सोमबार नेपाल विरुद्ध हुने ‘समूह ए’ को अन्तिम खेल गुमाउने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

तर, बीसीसीआई  र भारतीय टिमले बुमराहको विषयमा केही आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । भारतीय सञ्चारमाध्यमका अनुसार बुमराह सुपर फोरका खेलअघि श्रीलंका जानेछन् ।

‘समूह ए’ मा भारतले शनिबार पाकिस्तानसँग वर्षाले प्रभावित खेलमा अंक बाँडेको थियो । सोमबार नेपाल र भारत जसले जित्छ, त्यही टिम सुपर फोरमा पुग्नेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

ईएसपीएन क्रिकइन्फोले पनि नेपाल र भारतबीचको खेलको प्रिभ्युमा बुमराह उपलब्ध नहुने भन्दै लेखेको छ र उनको स्थानमा मोहमम्द शामी वा प्रसिद कृष्णले खेल्न सक्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?