+
+

कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १२:२१

१८ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट सोमबार पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ ।

आइतबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश गरेको थियो ।

मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

भदौ ७ को प्रारम्भिक सुनुवाइमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्न नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?