+
+

संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न : क्रिकेट खेलाडीको पुरस्कार रकम किन रोकियो ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १६:२१

१८ भदौ, काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार रकम तत्काल दिन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको रकम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि आग्रह गरे ।

‘आज नेपालले भारतसँग एसियन कप खेल्दैछ । हामी बधाई दिँदैछौं म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु शुभकामना लेख्दै गर्दा हातहरुमा डर लाग्छ कि, भिडियो कन्फ्रेन्समा बधाई दिँदै गर्दा तपाईको अनुहार कस्तो हुन्छ ?’ सांसद शाहीले सोधे ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई लिग २ सिरिजका बेला ३ लाख, नेपाल, यूएई र पिएनजीसँग यूएईमा खेल्दा ३ लाख, नेपाल, यूएई र पिएनजीसँगको सिरिज जित्दा ३ लाख, प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एसीसी प्रिमियर कप जित्दाको ६ लाख दिने सरकारले घोषणा गरेको थियो । तर यो रकम खेलाडीहरुले पाउन सकेका छैनन् ।

‘भारतीय कप्तान रोहित शर्माले १ वर्षमा २७ करोड कमाउँदै गर्दा नेपाली कप्तान रोहितले ७ लाख २० हजार भन्दा बढी छैन । क्रिकेट खेलाडीलाई दिने भनेको पैसा किन रोकिएको हो । यो पैसा छिटो भन्दा छिटो दिइओस् । होइन भने खोक्रो राष्ट्रवाद नदेखाइओस्’ सांसद शाहीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?