+
+

तस्वीरमा हेर्नुहोस् नेपाल र भारतबीचको क्रिकेट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १९:३१

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।

वर्षाले केहीबेर बिथोलेको खेलमा नेपालले ४३.३ ओभरसम्ममा २०० रन पूरा गरेको छ । राम्रो ओपनिङ गरेको नेपालको मध्यक्रम भने कमजोर भएको थियो ।

उपल्लो क्रमका ब्याटरले मध्यम प्रदर्शन गरेपछि नेपाल भारतविरुद्ध तुलनात्मक राम्रो स्कोर बनाउन सफल भयो ।

नेपालका आरिफ शेखले अर्धशतक पूरा गरे पनि कुशल भुर्तेलले ३८ रन बनाए । नेपालका रोहित पौडेल, भीम सार्की र कुशल मल्लले दोहोरो अंकको रन पनि जोड्न सकेनन् । दीपेन्द्र सिंह ऐरीले २९, गुल्सन झाले २३ र सोमपाल कामीले नटआउट २८ रन बनाएर खेलिरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

भारतविरुद्ध पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका ओपनरद्धय आशिफ शेख र कुशल भुर्तेल
भारतका एकसेएक बलरको सामना गरेका कुशल भुर्तेलले केही ठूलो शर्ट खेले ।

रन आउट हुनबाट जोगिन डाइभ हान्दै नेपाली ब्याट्सम्यान भीम सार्की ।

कप्तान रोहितकुमार पौडेल । आज पनि उनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुशल भुर्तेल सँगको साझेदारी टुटेपनि आशिफले निकै राम्रो पारी खेले । निरन्तर क्रिजमा टिकेर नेपाललाई राम्रो स्कोरमा पुर्‍याउन भूमिका खेले ।
क्यान्डीको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उपस्थित नेपाली फ्यानहरू राष्ट्रिय झण्डा फहराउँदै ।
कुशल मल्लको विकेट लिएपछि भारतका रविन्द्र जडेजा साथीहरूसँग खुसी मनाउँदै ।
भारतविरुद्ध अर्धशतक बनाएपछि सेलिब्रेट गर्दै आशिफ शेख । उनी ५८ रनमा आउट भएका छन् ।

गुल्सन झा । उनी बलर मात्र होइन, टिमलाई आवश्यक परेको बेला व्याटिङमा पनि उत्तिकै महत्वपूर्ण भूमिका निभाउँछन् । उनले भारतविरुद्ध २९ रन बनाए ।
दीपेन्द्र सिंह ऐरीले आज सोमपाल कामीसँग मिलेर नेपालको स्कोर २०० रन कटाउन भूमिका खेले ।

तस्वीरहरु : एएफपी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?