+
+

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १९:१७

१८ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकलाई सहयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुटवल घर भएका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद भएको थियो ।

प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीले पाएयता यसमा हालसम्म २५ जना पक्राउ परिसकेका छन् ।

अहिले अनुसन्धानका लागि सीआईबीले सुन ल्याइएको हङकङ र सुनको गन्तव्य भारत दुवैमा अनुसन्धान टोली खटाएको छ । हालसम्म सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ ।

नेपाली पक्षको व्यवस्थापनको काम भने बेल्जियन नागरिक दावा छिरिङले गरेको हुनसक्ने देखिएको सीआईबी स्रोत बताउँछ । संगठित अपराधको कसूरमा सीआईबीले यसका आरोपीलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन पाउँछ ।

हालसम्म यो प्रकरणमा विद्युतीय सिगरेट (भेप) मार्फत तस्करी भएको ९ किलो सुन पनि जोडिएको छ । ९ किलो सुनका मालिकसँग सम्बन्ध देखिएको आरोपमा प्रहरीले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई पनि पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?