+
+

१९ वर्षपछि सेभिया फर्किए रामोस

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते ६:१८

१९ भदौ, काठमाडौं । स्पेनका पूर्वडिफेण्डर सर्जियो रामोस आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् । सेभिया छाडेर रियल मड्रिड गएको १८ वर्षपछि उनी सेभियामै फर्किएका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेपछि उनी फ्रि ट्रान्सफरमा सेभियामा अनुबन्ध भएका हुन् । ३७ वर्षीय रामोसले सेभियामा एक वर्षको सम्झौता गरेका छन् ।

‘यो धेरै विशेष दिन हो । घर फर्कुन सधैं विशेष हुन्छ,’ रामोसले भनेका छन्, ‘म यहाँ फर्कंदा खुशी छु र सकेसम्म सहयोग गर्ने प्रयास गर्नेछु जुन महत्वपूर्ण कुरा हो ।’

रामोसले स्पेनका लागि विश्वकप र युरोकप जितेका छन् भने १६ वर्षमा स्पेनका लागि कीर्तिमानी १८० खेल खेलेका छन् । उनले रियल मड्रिडमा हुँदा चार पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।

सेभिलमा जन्दमिएका उनी ७ वर्षको हुँदा एकेडेमीमा आबद्ध भएका थिए । जहाँ उनले सबैखाले प्रतियोगितामा सेभियाका लागि ५० खेल खेले अनि सन् २००५ मा रियल मड्रिड पुगे ।

स्पेनको राजधानी मड्रिडमा १६ वर्ष बिताउँदा रामोसले ६७१ खेल खेले भने ५ ला लिगा र ४ च्याम्पियन्स लिगसहित २२ ट्रफी जिते ।

रियल मड्रिडसँग सम्झौता सकिएपछि उनी २०२१ मा पीएसजीमा अनुबन्ध भएका थिए जहाँ उनले दुई सिजन खेल्दै लिग उपाधि जिते ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?