+
+

यौन दुर्व्यवहारको आरोप लागेका निर्देशक वुडी एलेनविरुद्ध भेनिस रेडकार्पेटमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १२:०२

काठमाडौं । हलिउड निर्देशक वुडी एलेनको फिल्म ‘कुप डे चान्स’को वर्ल्ड प्रिमियरको क्रममा भेनिस फिल्म फेस्टिभलबाहिर विरोध प्रदर्शन भएको छ । निर्देशक एलेनलाई रेडकार्पेटमा आतिथ्य प्रदान गरेर फेस्टिभलले ‘रेप कल्चर’लाई पश्रय दिएको भन्दै प्रदर्शनकारीले अर्धनग्न भएर प्रदर्शन गरेका थिए ।

सोमबार राति भेनिसमा एलेन निर्देशित उक्त फिल्मले तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको छ । प्रदर्शनकारीको समूहले ‘नो रेप कल्चर’जस्ता नारा लगाएको थियो । ‘हामीले निर्देशकबाट पीडित भएका र आवाजविहीनको आवाज बोलिरहेका छौं, बलात्कारी रोगी होइन, ऊ पितृसत्ताको स्वस्थ छोरा हो, बलात्कारी निर्देशकको लागि कुनै स्पटलाइट जरुरी छैन, अलौकिक मानिसको अस्तित्व छैन,’ लगायतका नारा लगाइएका थिए ।

एलेन रेडकार्पेटमा निस्कनुअघि प्रदर्शन सुरु भएको थियो । प्रदर्शनकारीले चर्का नारा लगाउनुअघि वस्त्र उतारेका थिए । केही मिनेटसम्म प्रदर्शन चलेपछि प्रहरीले आएर हटाएको थियो । मेलानिया नाम गरेकी प्रदर्शनकारीले हलिउड रिपोर्टरलाई बताएअनुसार उनीहरुले ‘बलात्कार संस्कृति’ भनिने प्रवृत्तिको विरोधमा प्रदर्शन गरेका थिए ।

अर्की प्रदर्शनकारी मार्थाले एक मात्र नभएर यौन उत्पीडनको आरोप लागेका तीन निर्देशकलाई भेनिसले निम्त्याएको विरोधमा प्रदर्शन भएको थियो । उनीहरुविरुद्ध १७ यौन दुर्व्यवहारको आरोप लागेको उनले बताएकी छन् । उनीहरुले यौन दुर्व्यवहारमा मुछिएका निर्देशक र फिल्ममेकरलाई भेनिसले सम्मान गर्नु सबै महिला र फेस्टिभलको अपमान भएको टिप्पणी गरेका छन् ।

यस वर्षको भेनिसले यस्तो आरोप लागेका निर्देशकहरु एलेनसहित ल्युक बेसन र रोमन पोलोन्स्कीलाई उनीहरुको फिल्म प्रिमियर गर्न मौका दिएको थियो । एकातिर हलिउड हड्तालको सामना गरिरहेको भेनिसले अर्कोतर्फ यस्तो किसिमको आलोचनाको पनि सामना गरिरहेको छ ।

‘कुप डे चान्स’ फिल्म आफ्नो करिअरको अन्तिम हुन सक्ने संकेत निर्देशक एलेनले यसअघि नै गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?