+
+

सप्तकोशी पुलमा कार छाडेका बेपत्ता भएका डाक्टरको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते ११:३२

२० भदौ, विराटनगर । सप्तकोशीको पुलमा कार छोडेर बेपत्ता भएका चिकित्सकको शव भंगालोमा फेला परेको छ । भदौ १० गते राति चतरास्थित सप्तकोशीको पुल पारी उदयपुर क्षेत्रमा कार छोडेर बेपत्ता भएका झापा, दमक–१ का डाक्टर प्रज्ज्वल कोइरालाको शव मंगलबार फेला परेको हो ।

३२ वर्षीय सर्जन कोइराला मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए । शव बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा सडेकाे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताएका छन् ।

माछा मार्न गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आफन्तले शव पहिचान गरेपछि पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो ।

उनको सप्तकोशी पुलमा जुत्ता, मोजा र मोबाइल भेटिएको थियो । कोइराला ट्रमा सेन्टरमा काम गर्नुअघि उर्लाबारीको अरनिको अस्पताल र दमकको लाइफलाइन अस्पतालमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?