+
+

वुमन्स टी-२० विश्वकप एसिया छनोट : नेपालले सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १५:४४

२० भदौ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने भएको छ ।

समूह बी को खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै थाइल्याण्ड समूह विजेता बनेपछि नेपालले थाइल्याण्डलाई प्रतिद्वन्द्वी पाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले ४ विकेट गुमाएर १२१ रन बनाएको थियो । जवाफमा हङकङले २० ओभर खेल्दै ९ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो । थाइल्याण्डका लागि ब्याटिङमा नानापात खोनचारोएन्कीको ५८ बल खेल्दै ११ चौका मदतमा ७५ रन बनाइन् भने नाताया बुचाथामले ४ विकेट लिइन् ।

समूह ए अन्तर्गत आजै तय भएको नेपाल र युएईबीचको अन्तिम खेल रद्द भएपछि नेपाल नेट रनरेटमा पछि पर्दै समूह उवविजेता बनेको थियो ।

समूह ए मा युएई र नेपालले समान ९ अंक जोडेको थियो ।

समूह बी मा थाइल्याण्ड ७ अंक जोडेर समूह विजेता बन्दा हङकङ ६ अंकसहित समूह उपविजेता बन्यो ।

नेपाल र थाइल्याण्ड खेल्नुअघि पहिलो सेमिफाइनल खेल युएई र हङकङबीच हुनेछ । दुवै सेमिफाइनल आउने शुक्रबार हुनेछ ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली मात्र महिला टी-२० विश्वकपको लागि ग्लोबल क्वालिफायरमा पुग्नेछ । अहिलेसम्म ग्लोबल क्वालिफायर पुग्न नसकेको नेपालले यस पटक जसरी पनि ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य बनाएको छ  । त्यसका लागि अब नेपालले थाइल्याण्डलाई हराउनुपर्नेछ ।

२०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपका लागि ग्लोबल क्वालिफायरमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् जसबाट शीर्ष दुई टोली मात्र विश्वकपमा छनोट हुनेछ । महिला टी-२० विश्वकपमा १० टिमले नै प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?