+
+

ललितपुरमा महिला उद्यमी मेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १८:१३

२० भदौ, काठमाडौं । ललितपुरको महिला उद्यमी मेला–२०८० सुरु भएको छ । कोभिड–१९ महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो ।

ललितपुरको याक प्यालेसमा बुधबारदेखि सुरु भएको मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका छन् ।

मेलाको उद्घाटन गर्दै मन्त्री रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए । मुलुकको लागि महिला र पुरुष दुवै उद्यमीहरुको खाँचो रहेको बताउनु भयो । मन्त्री रिजालले उद्यमीहरुको योगदान विना मुलुक समृद्ध हुन नसक्ने भन्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी रहेको बताए ।

मन्त्री रिजालले मेलामा राखिएका सबै स्टलको अवलोकन गर्दै विभिन्न किसिमका स्वदेशी उत्पादनका बारेमा जानकारी समेत लिएका थिए ।

२४ भदौसम्म सञ्चालन हुने मेलामा महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई प्राथमिकता दिइएको छ ।

महासंघ अन्तर्गत केन्द्रीय महिला समितिकी सहसचिव अनिता ठकुरीले पछिल्लो समय उद्योग व्यवसायमा आएको सुस्ततालाई चलायमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताइन् ।

मेलामा नेपालको पूर्वदेखि पश्चिमसम्मका साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सबै किसिममा सामग्री राखिएको उनले जानकारी दिइन् ।

८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरु छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको महिला उद्यमी मेलालाई १० हजारले अवलोकन गर्ने र ५० लाख बढीको कारोबार हुने अपेक्षा महासंघले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?