+
+

प्रचण्डले जनयुद्धका पीडित पक्षसँग माफी माग्नुपर्छ : वामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १८:४९

२० भदौ, काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले युद्धका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा भएको कार्यक्रममा उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जान सक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताए ।

‘युद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन्’ उनले भने, ‘प्रचण्डले पीडितका घरघरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिनँ । संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जान सक्छौं ।’

नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे । उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने उनले बताए ।

‘नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन । उमेर हद भनेको यो संविधानको धारा २४ को विरुद्धमा छ’ गौतमले भने, ‘त्यो व्यवस्था उँच, निच, छुवाछूत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ । उमेर हद नेपालको संविधान विरोधी छ, त्यो हट्नैपर्छ ।’

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पूँजीवाद भन्दा अरु केही नरहेको जिकिर पनि उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?