+
+

किमाथाङ्‍का नाका चाँडै सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री 

रासस रासस
२०८० भदौ २० गते १३:५६
फाइल तस्वीर

२० भदौ, सङ्खुवासभा । पराष्ट्रमन्त्री एनपी साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्‍का नाका चाँडै सञ्चालनमा आउने बताएका छन् ।  बुधबार सङ्खुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको किमाथाङ्‍का नाका चाँडै सञ्चालनमा ल्याइने बताएका हुन् ।

किमाथाङ्‍का नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याइने पराष्ट्रमन्त्री साउदले बताए । किमाथाङ्‍का नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

आगामी २३ सेप्टेम्बरमा हुने प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको चीन भ्रमणमाकिमाथाङ्‍का नाका खुलाउने विषयलाई पनि ‘एजेन्डा’मा राखिएको मन्त्री साउदले बताए ।

ऐतिहासिक किमाथाङ्‍का नाकाबाट पूर्वको व्यापार व्यवसायलाई पनि प्रत्यक्ष फाइदा पुग्ने भएकाले चीन भ्रमणमा प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्री साउदले बताए । किमाथाङ्‍कामा सडक तथा ट्रान्समिसन लाइन निर्माणका लागि पनि चीन सरकार सकारात्मक रहेको साउदले बताए ।

किमाथाङ्‍का नाका खुलाउन चीन सरकारसँग पहल गरिदिन सङ्खुवासभाका जनप्रतिनिधि र सरोकारवाला निकायले प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउदलाई पनि यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् । यसअघि प्रचलनमा नै रहेको यो नाका कोरोना महामारी आएसँगै चीन सरकारले बन्द गरेको हो । नाका बन्द हुँदा भोटखोलामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको संकट भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?