+
+

हुन्डाइको दशैं तिहार लक्षित योजना सार्वजनिक, ‘हुन्डाइ एसयूभी’ जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १४:३७

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित फेष्टिभ डिलाइट २०८० योजना सार्वजनिक गरेको छ ।

नेपालका लागि हुन्डाइ गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले १ जना भाग्यमानीले ‘हुन्डाइ एसयूभी’ लक्की ड्र मार्फत प्राप्त गर्न सक्ने जनाएको छ ।

हुन्डाइ फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनैपनि हुन्डाइ गाडीको खरिदमा ६ लाखसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुटका र १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकको सन्तुष्टिका लागि हुन्डाइले समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आएको कम्पनीले जनाएको छ ।

२१ भदौदेखि सुरु भएको हुन्डाइ फेष्टिभ डिलाइट २०८० योजनामा नाडा अटो शोमा गाडी खरिद गर्नेले पनि उक्त योजनामा सहभागिता जनाउन सकनेछन् ।

नाडा अटो शो २०२३ मा हुन्डाइको ‘बी ५’ स्टल भ्रमण गरेर हुन्डाइका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्ने जनाएको छ ।

सबै हुन्डाइका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ । उक्त योजना ३ मंसिरसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?