+
+

विराटनगरमा राधाकृष्ण रथयात्रा (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १८:२३

२१ भदौ, विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा जारी छ । ५५औं संस्करणको रथयात्राको आज दिउँसो ४ बजे तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको हो ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिएको रथ तिनपैनी हुँदै ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ ।

रथयात्रामा हजारौं भक्तजन सहभागि छन् । कृष्ण जन्माष्टमीको भोली पल्ट निकालिने रथयात्रा ५५ औं पटक निकालिएको हो ।

वि.सं १९८८ मा मन्दीरबाट खटयात्रा सुरु भएको थियो । २०२४ सालदेखि रथयात्रा गरिदै आएको हो । रथयात्रासँगै खटयात्रा पनि गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालन गरेको छ ।

रथयात्रामा शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ६ नेपाली र ३२ जना भारतीय नागरिक छन् ।

पक्राउ परेका मध्ये ३० जना पुरुष र ८ जना महिना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

हेर्नुहोस् थप थस्वीरहरू:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?