+
+

‘फिल्मले प्रदर्शन अनुमति नपाए पलायन हुन बाध्य हुन्छौं’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १८:४१
चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड प्रवक्ता केएल बुढाथोकी र फिल्म निर्माता सुनिलकुमार थापा

काठमाडौं । फिल्म ‘एक भगवत् गीता’ले सेन्सर सिफारिस नपाएपछि बिहीबार चलचित्र विकास बोर्डको माहोल तनावपूर्ण बन्यो । फिल्म निर्माता सुनिलकुमार थापा सेन्सर सिफारिस लिन बोर्डमा घण्टौंदेखि कुरिरहेका थिए ।

केही धार्मिक संघसंस्था चाहिं फिल्मलाई प्रदर्शन अनुमति नदिन भन्दै निवेदन बुझाउन पुगेका थिए । सोही माहोलमा बोर्डमा मिडियाको बाक्लो उपस्थिति थियो । निर्माता थापा र चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले पत्रकार सम्मेलन गरे ।

उक्त मिडिया जमघटमा निर्माता थापा भावुक र आक्रोशित सुनिए । करोड बढी लगानी भएको फिल्मले प्रदर्शन अनुमति नपाए आफूले फिल्म बनाउन छाडेर अमेरिका पलायन हुने थापाले बताए । बोर्ड नेपाली चलचित्रको पक्षमा नरहेको पाएको गुनासो गर्दै उनले विकास बोर्ड चलचित्रकर्मीको पक्षमा उभिनुपर्ने बताए ।

उनले भने, ‘मैले फिल्म बनाउन थालेको २७ वर्ष लाग्यो । यदि प्रदर्शन अनुमति नपाए हामीले फिल्म बनाउन छाडेर अमेरिका पलायन हुन तयार छौं । यही क्षेत्रमा केही गरौं भन्ने लागेको हो । विकास बोर्ड फिल्मकर्मीको पक्षमा उभिनुपर्छ ।’

उक्त प्रेसमिटमा बोर्ड प्रवक्ता बुढाथोकीले एकातिर धार्मिक सहिण्णुता काम राख्नुपर्ने र अर्कोतिर फिल्मको अधिकार पनि स्थापित गर्नुपर्ने पक्षमा आफूहरु उभिने बताए । यसका लागि शुक्रबार बस्ने बोर्ड बैठकले सेन्सर सिफारिसबारे निर्णय गर्ने जानकारी उनले दिए । आफूहरु धार्मिक संवेदनशीलताप्रति गम्भीर रहेको प्रवक्ता बुढाथोकीले बताए ।

विश्व हिन्दु महासंघसहितका १३ धार्मिक संस्थाले फिल्मले शीर्षक परिवर्तन गर्नुपर्ने माग राख्दै बोर्डमा निवेदन बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?