+
+

कांग्रेस नेता भन्छन् : सर्वोच्चको फैसला सम्मान गर्दै ३० दिनपछिको सरकार बनाउन लाग्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १९:३९

२१ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताएका छन् ।

सर्वोच्च अदालतले अल्पमतले बहुमतलाई शासन गर्नेगरी फैसला दिए पनि सम्मान गर्ने राईले बताए ।

‘अल्पमतले बहुमतलाई शासन गर भन्ने खालको सर्वाेच्चको फैसला आयो, तर त्यसलाई हामी सम्मान गर्छाै’, राईले भने, ‘कानुनी शासन पालना गर्ने पार्टी भएकाले यसलाई स्वीकार गर्छाैं ।’

सर्वाेच्चले मुख्यमन्त्री थापालाई पदमुक्त गर्दै संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । तर यो सरकारको आयु पनि ३० दिन मात्रै रहेकाले अर्को सरकार बनाउन लागिपर्ने कांग्रेस नेता राईले बताए ।

‘यो सरकार जम्मा ३० दिनको लागि हो’, उनले भने, ‘हामी तीस दिन पछिको एक्ससाइजको तयारीमा लाग्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?