+
+

गोंगबुमा धमाधम बन्दैछ चक्रपथको सर्भिस ट्रयाक ( तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० भदौ २३ गते १९:२१

२३ भदौ, काठमाडौं । चक्रपथको कलंकी-बालाजु-महाराजगञ्ज खण्डमा हिजोआज सर्भिस ट्रयाक निर्माणको काम धमाधम भइरहेको छ । चक्रपथ विस्तार आयोजना अन्तर्गत मुख्य लेन र सर्भिस लेनको काम चीन सरकारले गर्ने भए पनि सर्भिस ट्रयाकको काम नेपाल सरकारले नै गरिरहेको हो ।

गोंगबु क्षेत्रमा हिजोआज दिनभर नै कामदार र मेसिनहरु धमाधम काम गरिरहेका देखिन्छन् । वर्षायामका बेला सडक विस्तार गर्न लागिएका कारण सामाखुशी गोंगबु क्षेत्र हिलो र धुलोले आक्रान्त छ । पानी परेका बेला सडक सबै हिलोले ढाकिन्छ भने घाम लाग्न थालेपछि धुलो अत्यधिक हुने गरेको छ ।

हेर्नुहोस् सर्भिस ट्रयाक निर्माणका लागि बालाजु, गोंगबु, सामाखुशी क्षेत्रमा भइरहेका कामको तस्वीरहरु :

        

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?