+
+

आर्टिफिसियल इन्टेलिजेन्समाथि वहस

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १३:४९

के अबका दिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले संसारलाई आफ्नो वशमा पार्नेछ ? प्रविधिको पछिल्लो विकासक्रमले यो प्रश्नलाई अरु चोटिलो बनाइदिएको छ ।

एआईको उदयसँगै मान्छेमा आश्चर्य र आशंका एकसाथ जन्माइदिएको छ । अब एआईले सबै काम गर्न थालेमा यत्तिका श्रम एवं वौद्धिक जनशक्ति पाखा लाग्नेछन् ? रोजागरीको अवसरहरु गुम्नेछ ?

काठमाडौंको बनस्थलीस्थित काठमाडौं बिजनेस क्याम्पस (केबीसी)मा सूचना प्रविधि विज्ञहरुले यिनै विषयमाथि विमर्श गरे । सन्दर्भ थियो, ‘टेक ट्रेन्ड्स-२०२३’ को ।

अहिलेका सर्बाधिक चासो र सरोकारका यही विषयसँगै डाटा साइन्स र साइबर सेक्युरिटीबारे पनि चर्चा गरिए । कलेजको सभाहलमा आयोजित कार्यक्रममा सूचना प्रविधिका क्षेत्रका विज्ञहरु र विभिन्न कलेजका विद्यार्थी सहभागी थिए ।

सोही क्याम्पसमा बिसिएमा अध्ययनरत तेस्रो सेमेस्टारका विद्यार्थीहरुले तयार गरेका ‘जीरो वेस्ट बेवसाइट’ सार्वजनिक गर्दै कार्यक्रम सुरु भएको थियो । सोही अवसरमा कलेजले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको थियो ।

त्यस लगत्तै कि नोट स्पीकरका रुपमा माइक्रोसफ्टका समीर थापाले ‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटी : अवसर र चुनौतीहरु’ विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा ट्यालेन्ट डेभलपमेन्ट फ्युजमेसिन्सका व्यवस्थापक रोजेस सिखाकर, इन्जिनियर एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवत्ता योगेश अर्याल, नामिका रिसर्च असोसिएट सुमन सापकोटाले आर्टिफिसियल इन्टेलिजेन्सले मानव दुनियाँलाई खतरामा पार्दैछ वा अवसरको वृहत संभावना ल्याउँदैछ भन्ने विषयमा तर्क विर्तक गरेका थिए ।

दोस्रो चरणमा ‘डेटा साइन्स’ बारे चर्चा गरिएको थियो । एसिया प्रोजेक्ट फाउन्डेसनका डाइरेक्टर साजना महर्जन अमात्य, डाटा विज्ञ श्री प्रसाद खनाल र पदम राज पन्तले डेटा साइन्सबारे तर्क विर्तक गरे ।

यसैगरी तेस्रो तरणमा ‘साइबर सेक्युरिटी’का विषयमा टोरोन्टो विश्वविद्यालयका विज्ञ डा. डिल्ली शर्माले आफ्नो प्रस्तुती दिएका थिए । सोही विषयमा सुबिसु केबल नेटका भिपी इन्जिनियरिङ रामकृष्ण परियार, सिआइएसओ सिइएच पंकज कुमार ठाकुर र नेटवर्क एन्ड साइबर सेक्युरिटी विज्ञ रमेश पोखेरलले तर्क वितर्क गरेका थिए ।

विश्वमा तीव्र विकास भइरहेको सूचना प्रविधिसँगै दौडन सके मात्र कुनैपनि उपलब्धी हासिल गर्न सकिने क्याम्पसका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?