+
+

महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १७:१६

२४ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र परेको छ ।

स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको छ ।

मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए ।

तर उडान समय प्राविधिक कारणले भन्दै हिमालय एयरलाइन्सले राति ३ बजेका लागि सारेको छ । जसका कारण विमानस्थलमा पुगेका महिला क्रिकेटरहरुले १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ ।

१२–१३ घण्टा विमानस्थलमा अलपत्र अवस्थामा रहने स्थिति आएपछि दुख लागेको एक क्रिकेटरले मलेसियाबाट बताइन् ।

नेपाल क्रिकेट संघ क्यानले भने प्राविधिक गडबढीका कारण यो समस्या भएको बताएको छ ।

‘हामीले कुरा गरिरहेका छौं, हाम्रो कमजोरीका कारण यो समस्या आएको होइन । त्यहाँ एयरलाइन्सको प्राविधिक गडबढीले समस्या ल्याएको हो’, क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले अनलाइनखबरलाई जानकारी दिए ।

खेलाडीलाई विमानस्थलमा नै बस्न र खानाको व्यवस्था मिलाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?