+

भानुआतुविरुद्ध कविता कुँवरको शानदार बलिङ, ह्‍याट्रिक सहित ६ विकेट लिइन्

२०८३ वैशाख  १७ गते २०:०५ २०८३ वैशाख १७ गते २०:०५
भानुआतुविरुद्ध कविता कुँवरको शानदार बलिङ, ह्‍याट्रिक सहित ६ विकेट लिइन्

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कविता कुँवरले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा भानुआतुसँगको खेलमा ३.४ ओभरमा ५ रन मात्र दिएर ६ विकेट लिइन्।
  • नेपालले कविता कुँवरको बलिङमा ४९ रनमा भानुआतुलाई अलआउट गर्दै ८३ रनले जित हासिल गर्‍यो।
  • नेपालले १३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो र सम्झना खड्काले ५२ तथा कप्तान इन्दु बर्माले ४३ रन बनाइन्।

१७ वैशाख, काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीअन्तर्गत भानुआतुसँगको खेलमा नेपाली बलर कविता कुँवरले शानदार बलिङ प्रदर्शन गरेकी छन् ।

कविताले ३.४ ओभरमा ५ रन मात्र दिएर ६ विकेट लिएकी हुन् । यस क्रममा उनले ह्‍याट्रिक समेत लिइन् । यो उनको करियरकै उत्कृष्ट बलिङ हो । नेपालका लागि भने दोस्रो उत्कृष्ट बलिङ हो ।

नेपाली महिला क्रिकेट टोलीका लागि अन्जली चन्दले माल्दिभ्सविरुद्ध सन् २०१९ को खेलमा २.१ ओभरमा कुनै पनि रन नदिई ६ विकेट लिएकी थिइन् । त्यसपछि कविताको आजको बलिङ फिगर रहनेछ ।

यस्तै कविता ह्‍याट्रिक लिने चौथो नेपाली खेलाडी हुन् । यसअघि रुबिना क्षेत्री, अन्जली चन्द र सीता रानामगरले ह्याट्रिक लिएका छन् ।

कविताकै शानदार बलिङमा नेपालले भानुआतुलाई ४९ रनमा अलआउट गर्दै ८३ रनको जित हासिल गरेको छ । नेपालले १३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

कविताको ६ विकेटसँगै पूजा महतो र रचना चौधरीले २-२ विकेट लिए । प्लेयर अफ द म्याच कविता नै भइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १३२ रन बनाएको थियो । सम्झना खड्काले ५१ बलमा ९ चौकासहित ५२ रन बनाइन् ।

कप्तान इन्दु बर्मा १८ बलमा ७ चौकासहित ४३ रनमा अविजित रहिन् । पूजा महतोले १९ रन बनाइन् ।

नेपालले यसअघि भएको भानुआतुसँगको खेलमा भने हार बेहोरेको थियो । नेपाल उपाधि होडबाट भने बाहिरिसकेको छ ।

कविता कुँवर नेपाली महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय