+
+

शरद ऋतुका लागि २८ टिमका २८४ जनाले लिए हिमाल आरोहण अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १८:२८
फाइल तस्वीर

२४ भदौ, काठमाडौं । शरद ऋतुमा हिमाल आरोहण गर्न २८ टिमका २८४ जनाले अनुमति लिएका छन् ।

शुक्रबारसम्म ४४ मुलुकका नागरिकले हिमाल चढ्न अनुमति लिएका छन् । कुल ६ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ ।

शरद ऋतुमा सगरमाथा भन्दा बाहेकका अन्य हिमालमा बढी चाप हुने गर्छ । यस सिजनका लागि मनास्लुमा सर्वाधिक अनुमति जारी भएको छ । विभागका अनुसार यस वर्ष मनास्लुमा २३ टोलीका २६६ जना आरोहीले अनुमति लिएका छन् ।

यो सिजनका विभिन्न हिमालका लागि चीनबाट कुल ६७ जनाले आरोहण अनुमति लिएका छन् । जसमा १८ जना महिला छन् ।

अमेरिकाका ३० जनाले अनुमति लिएका छन् । जसमा महिलाको संखया ७ छ । रसियाबाट २६ जनाले अनुमति लिएका छन् । जसमा ४ जना महिला छन् । जापानका १५ जनाले अनुमति लिएकोमा ४ जना महिला छन् । फ्रान्सका १५ जना रहेकोमा २ जना महिला छन् । यो सिजनमा अनुमति लिने नेपाली आरोहीको संख्या ३ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?