+
+

भारोत्तोलन खेलाडी विकासको नयाँ राष्ट्रिय कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १६:०५

२५ भदौ, काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आईडब्लूएफ विश्व च्याम्पियनसिपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले जनाएका छन् ।

विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा १२४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । यसअघि १२३ केजीको कीर्तिमान विकासको नाममा थियो । उनले सो कीर्तिमान १९ औं एसियाली खेलकुदको अन्तिम छनोटमा बनाएका थिए ।

विकासले क्लिन एन्ड जर्कमा १४८ केजी वजन उठाउदै अर्को कीर्तिमान कायम गरे । यसअघि उनले १९ औं एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजीको कीर्तिमान रचेका थिए । कुलमा उनले उठाएको २७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

अध्यक्ष श्रेष्ठ रियादमा

भारोत्तलन संघका अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कंग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गरेका छन् ।

श्रेष्ठसँगै खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गरे ।

सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?