+
+

काठमाडौं महानगरले बनायो तत्काल गर्नुपर्ने ७१ कामको सूची

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १८:२३

२५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्काल गर्नुपर्ने ७१ कामको सूची तयार पारेको छ ।

महानगरपालिकाको बजेटमा उल्लेख भएको तर सुरु नभएको काम समेटेर तत्काल गर्नुपर्ने भन्दै ७१ कामको सूची तयार पारेको हो । यद्यपि यी कामको सूची सार्वजनिक गरिएको छैन ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरुको बैठकले महानगरपालिकाको विकास बजेटको खर्च बढाउन तत्काल गर्नुपर्ने कामको सूची सार्वजनिक गरेको हो । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले योजना कार्यान्वयन छिटो होस् भन्ने उद्देश्यले सूची तयार पारेको बताए ।

‘कुनै कारणले पनि बजेटमा उल्लेख भएका निर्धारित कार्यक्रममा ढिलाई नहोस्’, महानगरपालिकाका उच्च अधिकारीको बैठकमा अधिकारीले निर्देशन दिए ।

तत्काल काम सुरु गर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, अनलाइन माध्यमबाट महानगरले सेवा दिने, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन गर्ने आदि रहेका छन् । त्यस्तै स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने, सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक निर्माण गर्ने, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन लगायत रहेका छन् ।

महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा रहेका योजनाहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?