+
+

भारोत्तोलन खेलाडी विशालसिंहले बनाए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते ११:३५

२७ भदौ, काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले साउदी अरबको रियादमा जारी आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

उनले पुरुष ९६ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघले बनाएको छ ।

विशालले आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् ।

विशालले स्न्याचतर्फ १२६ केजी, क्लिन एण्ड जर्कमा १६५ केजी र समग्रमा २९१ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

यसअघि गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा उनले स्न्याचमा १२० केजी, क्लिन एण्ड जर्कमा १६१ र समग्रमा २८१ केजीको कीर्तिमान बनाएका थिए ।

यसअघि नेपालका अर्का खेलाडी विकास भट्टले आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमामै स्न्याच, क्लिन एण्ड जर्क र कुलमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

१६ वर्षपछि नेपालले वर्ल्ड भारोत्तोलन च्याम्पियनसिपमा भाग लिँदा नेपालबाट ५ खेलाडी सहभागी छन् ।

महिला खेलाडीद्वय टिकामाया गुरुङ र शारद चौधरीको प्रतिस्पर्धा सकिसकेको छ । महिला खेलाडीले भने राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् ।

विशाल, विकासल, टिकामाया र शारदा चारै खेलाडीले चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा पनि सहभागिता जनाउनेछन् ।

अब वर्ल्ड च्याम्पियनसिपमा नेपालका सागर भण्डारीको प्रतिस्पर्धा बाँकी छ । उनले पुरुष १०९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?