+
+

सरकारी शिक्षकलाई १ वर्ष परीक्षणकालमा राख्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १६:१८

२७ भदौ, काठमाडौं । सरकारले शिक्षकको परीक्षा उतीर्ण भइसकेका उम्मेदवारलाई एक वर्षसम्म परीक्षणकालमा राख्ने प्रस्ताव गरेको छ ।

बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षक सेवाको पदमा नियुक्त गर्दा एक वर्ष परीक्षणकाल रहने प्रस्ताव गरिएको हो । परीक्षणकाल महिला शिक्षकको हकमा भने ६ महिनाको हुनेछ ।

विधेयकको दफा ५२ मा परीक्षणकालका क्रममा शिक्षकले गरेको काम सन्तोषजनक नभएमा नियुक्ति दिने अधिकारीले नियुक्ति बदर गर्न सक्ने व्यवस्था गरिएको छ ।

शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगले परीक्षा सञ्चालन गर्नेछ र उतीर्ण उम्मेदवारलाई नियुक्ति सिफारिस गर्नेछ । शिक्षकको नियुक्ति गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले गर्ने व्यवस्था विधेयकमा राखिएको छ ।

यदि परीक्षणकालमा नियुक्ति बदर नभएमा उनको नियुक्ति स्वतः सदर भएको मानिनेछ । एकपटक परीक्षणकाल पूरा गरेको शिक्षक पुनः परीक्षणकालमा बस्नुपर्दैन ।

परीक्षणकालमा शिक्षकको कुन पक्षलाई आधार मानेर नियुक्ति सदर गर्ने वा बदर गर्ने भन्ने स्पष्ट व्यवस्था विधेयकमा गरिएको छैन । यद्यपि, विधेयकको परिच्छेद ८ मा सार्वजिनक विद्यालयका शिक्षकको आचरणसम्बन्धी व्यवस्था छ ।

जसमा राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने, दान, उपहार चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना वा सञ्चालन गर्न तथा व्यापार व्यवसाय गर्न नहुने व्यवस्था छ ।

त्यस्तै अन्य नोकरी वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने, बहुविवाह गर्न नहुने, यौनजन्य दुव्र्यवहार गर्न नहुने, यातना दिन नहुने, विदेशको स्थायी आवासीय अनुमति पत्र लिन नहुने व्यवस्था पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?