+
+
Shares

३ दललाई लिङ्देनको आग्रह : राजसंस्थालाई अभिभावकीय संस्था स्वीकार्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १७:१३

२७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा संस्थालाई देशको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरेका छन् ।

बुधवार पार्टीले काठमाडौंमा आयोजना गरेको विरोध सभामा उनले अब राजसंस्थालाई अभिभावकीय भूमिका दिनेगरी अघि बढनुपर्ने प्रस्ताव गरे ।

‘तपाईंहरुले दिल्लीको १२ बुँदे सम्झौताको बाटोबाट देशलाई हिँडाउनुभयो, यहाँसम्म आइपुग्दा खेरी त्यो बाटो गलत भयो भन्ने कुरा तपाईंहरुलाई पनि लागेको छ, त्यो बाटो गलत हो भन्ने कुरा प्रमाणित भएको छ, अब त्यो बाटोबाट अघि बढे देशलाई दुर्घटनामा लैजानेछ,’ उनले भने, ‘राजालाई कुनै न कुनै प्रकारको स्पेसको व्यवस्था गर्नुस्, राजालाई अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔं ।’

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था देशका लागि हितकर हुने पनि उनले दोहोर्‍याए ।

उनले भने, ‘नेपाल जस्तो सानो देशका लागि यति धेरै जनप्रतिनिधि भारी हुन्छ । जुन कुरा हामीले भनिराखेको छौं । संघीयता कार्यान्वयन भएपछि मात्रै कति खर्ब राष्ट्रिय ऋण बढ्यो । अहिले २४ खर्ब पुगिसक्यो । ऋण काढेर, जनतालाई ऋण थोपरेर यति धेरै जनप्रतिनिधि पाल्ने भन्दा उनीहरुको संख्या कटौती गरौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?