+
+

पोल्याण्डका प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते १५:५५

२८ भदौ, काठमाडौं । पोल्याण्डले एक वर्ष नबित्दै फुटबल टिमका प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । युरोकप छनोटमा कमजोर प्रदर्शनपछि पोल्याण्डले प्रशिक्षक सान्तोसलाई बर्खास्त गरेको हो ।

सान्तोषको प्रशिक्षणमा पोल्याण्डले ६ खेल मात्र खेलेको छ । आइतबार पोल्याण्ड युरो २०२४ को छनोटमा अल्बानियासँग २–० ले पराजित बनेको थियो । सान्तोसको प्रशिक्षणमा भएको पछिल्ला ५ खेलमा पोल्याण्डको यो तेस्रो पराजय हो । युरो छनोटको समूह ई मा पोल्याण्ड चौथो स्थानमा झरेको छ ।

यसअघि पोर्चुगलको प्रशिक्षक रहँदा सान्तोसले २०१६ मा युरो कप जिताएका थिए । यस्तै २०१८-१९ को पहिलो नेसन्स लिग पनि जितेका थिए तर २०२२ को विश्वकपपछि उनले पोर्चुगल छाडे ।

पोल्याण्डले अर्को खेल अक्टोबरमा आइसल्याण्डसँग हुनेछ । पोलिस फुटबल संघले सान्तोसको प्रयासलाई धन्यवाद दिएको छ । सान्तोसले पोल्याण्डको टिमलाई व्यवस्थापन गर्न पाउँदा आभार व्यक्त गरेका छन् ।

पोल्याण्डसँग छोटो समय काम गर्दा गत जुनमा जर्मनीलाई मैत्रीपूर्ण खेलमा १–० ले हराउनु सान्तोसको लागि सबैभन्दा सुखद नतिजा रह्यो ।

युरो छनोटमा आफ्नो समूहमा शीर्ष वरियता पाएको पोल्याण्ड अल्बानिया, मोल्दोभा र चेक रिपब्लिक भन्दा पछि छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?