+
+

‘जवान’ले नेपाली बक्स अफिसमा आठ दिनमा कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १३:४२

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले पहिलो आठ दिनमा नेपाली बक्स अफिसमा साढे पाँच करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । चलचित्र विकास बोर्ड स्रोतका अनुसार एट्ली निर्देशित हिन्दी फिल्मले उक्त कमाइ गरेको हो ।

‘जवान’को यो कमाइ नेपाली बक्स अफिसमा शाहरुखकै अघिल्लो फिल्म ‘पठान’को भन्दा कम हो । ‘पठान’ले सात दिनमा ६ करोड हाराहारीमा ग्रस कमाइ गरेको थियो । रक्षा बन्धनको बिदाको दिनमा बिहीबार रिलिज भएको ‘जवान’को नेपाल ओपनिङ एक करोड ३५ लाख रुपैयाँ ग्रस (१.०५ करोड नेट) थियो ।

सबै खर्च जोडेर वितरकले झण्डै साढे करोड हाराहारीमा ‘जवान’को नेपाल राइट किनेका थिए । यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्ट, एफडी र कन्सेप्ट भिजनले मिलेर खरिद गरेका हुन् । अब लगानी उठाउन पनि ‘जवान’ले १५ करोड ग्रस कमाउनुपर्छ । तर शुक्रबारदेखि ‘एक भगवत गीता’ र ‘नांगो गाउँ’ पनि रिलिज भएकाले ‘जवान’को लागि दोस्रो साता सहज हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?