+
+

‘आक्वाम्यान २’ ट्रेलर : समुन्द्र सत्ताका लागि हुने लडाइँको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १३:५४

काठमाडौं । पाँच वर्षदेखि प्रतीक्षित हलिउड फिल्म ‘आक्वाम्यान २’ को ट्रेलर सार्वजनिक भएको छ । ‘आक्वाम्यान एण्ड द लस्ट किङडम’ नाम दिइएको फिल्ममार्फत अभिनेता जेसन मोमोआ डीसी सुपरहिरोको भूमिकामा फर्किंदैछन् ।

पिल्ममा मामोआले आर्थर करी नामक पात्रको भूमिका निर्वाह गरेका छन् । यो पात्र आधा मानिस र आधा एट्लान्टिक समुन्द्रको नायक आक्वाम्यान हो ।

फिल्मले आर्थर करी पात्रको यात्रा पेश गर्छ । ऊ अहिले एट्लान्टिक साम्राज्यको सिंहासनमा छ । यो सिक्वेलमा आर्थर करीले निर्दयी सामुन्द्रिक डाँकु ब्ल्याक मान्टालाई पराजित गर्न सौतेनी भाई ओर्म (प्याट्रिक विल्सन)सँग सहकार्य गर्छ ।

मोमोआ, विल्सन र अब्दुल–मतीन बाहेक, एम्बर हर्ड, निकोल किडम्यान, टेमुएरा मोरिसन, विलेम डफो र डल्फ लुन्डग्रेन पनि सिक्वेलमा देखिंदैछन् । सिक्वेल निर्देशकको रुपमा जेम्स वानको पुनरागमन भएको छ ।

पूर्वपति जोनी डेपसँगको गत वर्षको अत्यधिक चर्चित मानहानि मुद्दापछि अभिनेत्री एम्बर हर्ड यो ठूलो फिल्ममार्फत अभिनयमा कमब्याक गर्दैछिन् । अभिनेत्री हर्डको कारणले पनि यो फिल्म चर्चामा छ । अदालती सुनुवाइको क्रममा हर्डले सम्बन्धविच्छेदपछि स्टुडियोले उनको पात्रको भूमिका घटाएको दाबी गरेकी थिइन् ।

आक्वाम्यानको सिक्वेल यस वर्ष रिलिज हुने डीसी स्टुडियोको चौथो फिल्म हो । तर यस स्टुडियोका लागि वर्षको पहिलो रिलिज ‘साजम : फ्युरी अफ द गड्स’ फ्लप सावित भयो । द फ्ल्यास र ब्लु बिटल पनि अन्य रिलिज रहे ।

‘आक्वाम्यान एण्ड द लस्ट किङडम’ आगामी २० डिसेम्बर (पुस ४ गते) रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?