+
+

रेसुङ्गा पुग्ने सडक बन्यो कालोपत्रे

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १७:५२

२९ भदौ, गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे भएको छ ।

रेसुङ्गा क्षेत्र पर्यटकीय हिसाबले भरिपूर्ण भएपनि सडक कालोपत्रे नहुँदा त्यसक्षेत्रसम्म पुग्न निकै सास्ती थियो । तर अहिले सडक कालोपत्रे भएसँगै रेसुङ्गा पुग्न सहज भएको छ ।

जिल्ला सदरमुकाम तम्घासबाट २० मिनेट गाडीको यात्रा पछि रेसुङ्गा क्षेत्रको पोखरीमा पुगिन्छ । त्यसपछि पुनः २० मिनेट पैदल मार्ग पछि रेसुङ्गा क्षेत्रको मुख्य स्थल यज्ञशाला पुगिन्छ ।

यहाँ विभिन्न मठ मन्दिरहरु रहेका छन् । यस क्षेत्रसम्म पुग्न पैदल मार्ग २ वर्ष पहिले नै निर्माण भएको थियो ।     तर सडक कालोपत्रे नहुँदा वर्षातको समयमा रेसुङ्गा पुग्न निकै कठिन यात्रा गर्नुपर्ने थियो । अहिले रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे भएको छ ।

सडक कालोपत्रे भएपछि रेसुङ्गा पुग्न सहज भएको छ । रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे हुँदा पराल्मी, जुभुङ्ग र बलिथुमसम्म पुग्नेहरुका लागि पनि सजिलो भएको छ । सडक बिस्तार भएको डेढ दशकपछि मात्रै सडक कालोपत्रे भएको हो । रेसुङ्गा क्षेत्रमा सडक बिस्तार गर्दा निकै बहस भएको थियो ।

प्राकृतिक बिनास हुनेभन्दै त्यसक्षेत्रमा सडक बिस्तार गर्न धेरै छलफल पछि मात्रै सडक बिस्तार भएको हो । अहिले पनि रेसुङ्गा क्षेत्रको पोखरीबाट यज्ञशालासम्म पैदल हिडेर पुग्नु पर्छ ।     जहाँ पुग्न बृद्धबृद्धाहरुलाई अलि गाहे पर्ने गर्दछ । तम्घासदेखि रेसुङ्गा क्षेत्रसम्म ६ किलो मिटर सडकमध्ये अहिले ९० प्रतिशत सडक कालोपत्रे भएको छ ।

कालोपत्रे गर्न बाँकी रहेको केहि सडक एक दुई महिना भित्रमै कालोपत्रे गर्ने तयारी रहेको छ । सडक कालोपत्रे गर्न आशिष रामेछाप कन्टक्शन प्रालिले ०७४ सालदेखि काम गर्दै आएको छ ।

सुरुमा तम्घास सिमलटारी सडक आयोजना मार्फत ठेक्का लगाएपनि विभिन्न कार्यालय हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मी मार्फत काम भइरहेको छ । विभिन्न कार्यालय हुँदै आउदा सडक समयमै कालोपत्रे हुन नसकेको हो ।

तम्घासदेखि रेसुङ्गा पोखरीसम्म ६ किलोमिटर सडक कालोपत्रे गर्न सुरुमा १५ करोड र पुनः ३ करोड थपेर १८ करोडको लागतमा सडक कालोपत्रे भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । सडक कालोपत्रे भएसँगै रेसुङ्गा क्षेत्रसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटक बढने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।

पछिल्लो समय रेसुङ्गा क्षेत्रमा प्राचिन संरचनाको संरक्षण गर्दै पूर्वाधार विकास निर्माण धेरै काम भएको भुसालको भनाइ छ । सडक कालोपत्रे नहुँदा पराल्मीबाट तम्घास आउदा बिच बाटोमै मोटरसाइकल राखेर हिडनुपर्ने अवस्था रहेको दुर्गा पुन मगरले बताए ।

उनले अहिले रेसुङ्गा पुग्न र पराल्मीबाट तम्घास आउन पनि सहज भएको बताए । रेसुङ्गाक्षेत्र सम्म पछिल्लो समय सडक कालोपत्रे भएपछि रेसुङ्गा पुग्न सहज भएको प्रदीप घिमिरेले बताए ।

उनले रेसुङ्गा धार्मिक तथा पर्यटकीय हिसाब भरिपूर्ण भएपनि प्रचारप्रसारको कमीले गर्दा सोचे अनुसार पर्यटक नआएको बताए । अहिले रेसुङ्गा क्षेत्रमा धेरै पर्यटक लैजाने उदेश्यले ‘जाउ हिँड रेसुङ्गा’ अभियान पनि चलेको छ ।

रेसुङ्गा नगरपालिकाले एक लाख पर्यटक रेसुङ्गा लैजाने उदेश्यले रेसुङ्गा पुग्ने अभियान चलाइएको छ । यो अभियानलाई पनि सडक कालोपत्रे भएपछि सहज भएको छ ।धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा यसअघि निर्माण भएको पैदल मार्गमा सिडी निर्माण भएपछि रेसुङ्गा क्षेत्रको सुन्दरता थप बढाएको छ ।

पोखरीबाट रेसुङ्गा क्षेत्रको यज्ञशाला भ्युटावर लगायत बिभिन्न मन्दिरहरुमा पुग्न पैदल यात्रा गर्नु पर्दछ । रेसुङ्गा क्षेत्रको पोखरीमा स्नान गरेपछि मुख्य मन्दिर लगायत बिभिन्न स्थलको अबलोकनका लागि यज्ञशाला मन्दिर् जाने गर्दछन् ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ । रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ ।

ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।

समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । सडक कालोपत्रे भएसँगै यसक्षेत्रको चहलपहल हुँने अपेक्षा गरिएको छ ।

रेसुङ्गा क्षेत्रमा दैनिक रुपमा पूजा हुनुका साथै साउन भर एक महिना मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?