+
+

वल्भ्सलाई हराउँदै शीर्ष स्थानमा उक्लियो लिभरपुल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते १९:४०

३० भदौ, काठमाडौं । खेलको अन्त्यतिर गरेको दुई गोलको मद्दतमा लिभरपुलले वल्भ्समाथि जित हात पारेको छ ।

शनिबार भएको खेलमा लिभरपुलले एक गोलले पछाडि परेको अवस्था उल्टाउँदै वल्भ्समाथि ३–१ गोल अन्तरको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा वल्भ्सले सातौं मिनेटमै ह्वाङ ही चानको गोलबाट अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा लिभरपुल खेलमा फर्कियो । ५५औं मिनेटमा ग्याक्पोले बराबरी गोल फर्काए । ८५औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । इन्जुरी टाइमको पहिलो मिनेटमा हार्वी एलियटको प्रहार ह्युगो ब्यूनोलाई लागेर आफ्नै पोष्टमा गएपछि लिभरपुलको जित पक्का भयो ।

जितसँगै लिभरपुल ५ खेलबाट १३ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको १२ अंक छ र उसले एक खेल कम खेलेको छ । ५ खेलबाट ३ अंक जोडेको वल्भ्स भने १५औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?