+
+

तीजमा विदेशी महिलाले पनि मर्काए कम्मर (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० असोज १ गते १२:१३

१ असोज, काठमाडौं । हरितालिका तीजमा स्वदेशी मात्र नभइ विदेशी महिलाहरु पनि रमाएका छन् । पशुपतिनाथ मन्दिर परिसरमा सोमबार विदेशी महिलाहरुले तीज गीतमा कम्मर मर्काए ।

राता कुर्ता-सुरुवालमा सजिएका उनीहरु तीज गीतमा केहीबेर नाचेर नेपाली व्रतालु महिलाहरुलाई साथ दिए । आफूहरुसँगै विदेशी महिलाहरु पनि नाच्न थालेपछि नेपाली महिलाहरुले झन् रमाइलो मान्दै उनीहरुलाई नाच्न हौसाएका थिए ।

तीजको अवसरमा पशुपति नाथ मन्दिरमा पूजा गर्ने र नाचगान गर्नेहरुको बिहानैदेखि घुइँचो छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।

नेपालमा मनाइने कतिपय चाडबाडहरु सबै धर्म र सम्प्रदायहरुले आपसमा मिलेर रमाइलो गर्ने गरेका छन् । नेपाली चाडबाडले मनोरञ्जनमात्र नभइ आपसी सदभाव र एकताको सन्देश पनि दिने गरेका छन् ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?