+
+

ऋचा शर्मा अभिनित ‘कौसीद’को ट्रेलर सार्वजनिक, ‘परदेशी २’ सँग भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते ११:३१

काठमाडौं । आगामी असोज २६ गते प्रकाश सपुत स्टारर ‘परदेशी २’ र ऋचा शर्मा अभिनित ‘कौसीद’ एकै मितिमा प्रदर्शनमा आउने पक्का भएको छ । ‘कौसीद’ले मंगलबार ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

योसँगै दशैं छेकोको उक्त मितिमा एक्लै फिल्म रिलिजको सम्भावना सकिएको छ । ‘कौसीद’ मिति तय गरेपछि केकी अधिकारी र प्रकाश सपुत स्टारर फिल्मलाई चुनौती थपिएको छ ।

कुमार भाष्कर निर्देशित ‘कौसीद’लाई केदार भुसालले निर्माण गरेका हुन् । फिल्ममा ऋचासहित भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?