+
+

सामाजिक सेवा दिवसको अवसरमा कर्मचारी संगठनको दन्त शिविर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते ७:११

४ असोज, काठमाडौं । ४४ औं सामाजिक सेवा दिवसको अवसर पारेर समाज कल्याण परिषद्को कर्मचारी संगठनले आज दन्त परीक्षण शिविर आयोजना गरेको छ ।

असोज ६ गते पर्ने सामाजिक सेवा दिवसको पूर्वसन्ध्यामा भृकुटीमण्डप कार्यालय परिसरमा बिहीबार मध्यान्ह १२ बजे शिविर आयोजना गरिएको संगठनका अध्यक्ष विकुल आचार्यले जानकारी दिए ।

‘सामाजिक सेवा दिवस सामाजिक कार्यप्रतिको सम्मान र सम्झना भएको हुँदा संगठनको तर्फबाट पनि केही आवश्यक सहयोग होस् भनेर दन्त परीक्षण शिविर आयोजना गरिएको हो,’ अध्यक्ष आचार्यले भने ।

शिविरलाई ॐ समाज डेन्टल हस्पिटल चाबहिल काठमाडौंले समन्वय गर्ने छ । शिविरमा ३ सय जनालाई सेवा दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

शिविरमा अरु शारीरिक अंगजस्तै दाँतको सरसफाइ, परिक्षण एवं स्याहार आवश्यक छ भन्ने चेतना सम्प्रेषण गर्नुका साथै प्रारम्भिक सेवा उपलव्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

समाज सेवाको सवालमा अनेक खाले विकृति र विसंगतिहरु हावी भैरहेको समयमा एक कदम माथि उठेर समाजको कल्याण गर्ने हेतुले कर्मचारी संगठनले दन्त शिविर आयोजना गर्नु सह्रानीय कार्य भएको समाज कल्याण परिषद्का बोर्ड सदस्य आस्था केसीले बताइन् । कर्मचारीहरुका यस्ता रचनात्मक र सिर्जनात्मक कार्यलाई परिषद् र सबैले सहयोग गर्नुपर्ने केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?