+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

सरकारसँग वार्तामा बसे शिक्षक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते ८:५१

४ असोज, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् ।

बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने गृह मन्त्रालयमा अनौपचारिक वार्तामा बसेका छन् । बिहान आठ बजेदेखि जारी छलफलमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।

छलफलमा शिक्षकहरुका मागबारे कुराकानी भइरहेको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।

उनीहरुले बिहीबार पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?