+
+

डोनाल्ड ट्रम्पका छोराको एक्स अकाउन्ट ह्याक, बुवाको मृत्यु भएको झुटो हल्ला

एजेन्सी एजेन्सी
२०८० असोज ४ गते ९:२४

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरको एक्स (ट्वीटर) अकाउन्ट ह्याक भएको छ ।

ह्याकरले उनको अकाउन्ट कब्जामा लिएर विभिन्न खालका आपत्तिजनक पोस्टहरु लगातार गरिरहेका छन् । जसमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अपशब्द बोल्नुका साथै डोनाल्ड ट्रम्पको मृत्यु भएकोसम्म दाबी गरिएको छ ।

डोनाल्ड ट्रम्प जुनियरको एक्स अकाउन्टमा गरिएको एउटा पोस्टमा भनिएको छ- मलाई यो कुरा बताउँदा दु:ख लागिरहेको छ कि मेरा पिता डोनाल्ड ट्रम्पको निधन भएको छ । म २०२४ मा राष्ट्रपति पदका लागि चुनाव लड्नेछु ।’

Tweet from Donald Trump Jr's X account saying his father had died

साथै एक अर्को पोष्टमा राष्ट्रपति जो बाइडेनमाथि जातीय गालीगलौजसहितका अपशब्द लेखिएको छ ।

त्यस्तै अर्को पोस्टमा उत्तर कोरियालाई जलाएर ध्वस्त पारिएको बताइएको छ भने अर्कोमा यौन दुराचारको अभियोग लागेका जेफ्री  एप्स्टेनलाई केही रोचक सन्देशहरु दिइएको छ ।

डोनाल्ड ट्रम्प स्वामित्वको संस्था द ट्रम्प अर्गनाइजेसनले उक्त अकाउन्ट ह्याक भएको जानकारी दिएको छ । यद्यपि त्यसको एक घण्टाको समयमा प्राविधिकहरुले उक्त अकाउन्टलाई ह्याकरको कब्जाबाट छुटाएर नियन्त्रणमा लिन सफल भएका थिए । त्यसपछि ह्याकरहरुले गरेका सबै गलत र अफवाहपूर्ण पोस्टहरु डिलिट गरिएको छ । उक्त अकाउन्टमा एक करोड फलोअर्स छन् ।

जुनियर ट्रम्पका प्रवक्ताले पनि उनको एक्स अकाउन्ट ह्याक भएको पुष्टि गरेका थिए ।

अहिले जुनियर ट्रम्प एक्समा पुनरागमन गरी नयाँ पोस्ट गरिसकेका छन् । तर आफ्नो अकाउन्ट ह्याक भएको बारेमा भने केही पनि उल्लेख गरेका छैनन् । आफ्ना प्रवक्ताले गरेको उल्लेखित पोस्टमा भने उनले लाइक गरेका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?