+
+

जन्मकैद सजाय पाएका गुण्डानाइके ६० प्रतिशत कैद माफी पाएर छुटे

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १४:१२

४ असोज, काठमाडौं । नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकालले संविधान दिवसमा ६० प्रतिशत सजाय माफी मिनाहा पाएका छन् ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाइएका उनलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ वर्ष जेल सजाय छुटको निर्णय गरेका हुन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार ६७० जनाको कैद भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गरेका थिए ।

त्यो निर्णयपपछि दाङको घोराही कारागारबाट रिगलसहित ८ जना थुनामुक्त भएको जेलर लक्ष्मणसिंह राठौरले अनलाइनखबरलाई बताए ।

ढकालको योजनामा २८ असार २०७२ मा नेपालगञ्जमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या भएको थियो । घटना भएका बेला ढकाल तरुण दल बाँके क्षेत्रनम्बर-३ का क्षेत्रीय सभापति थिए ।

भारतबाट सञ्चालन हुने अवैध बसहरुबाट हप्ता असूली गर्ने विषयमा विवाद हुँदा रिगलको योजनामा मानन्धर मारिएका थिए ।

हत्यापछि पक्राउ परेका ११ जनालाई सार्वजनिक गर्दै तत्कालीन बाँके प्रहरी प्रमुख बसन्त पन्तले मुख्य योजनकार रिगल भएको बताउँदै हत्यामा प्रयोग भएकोसहित ४ वटा खुँडा र दुई वटा मोटरसाइकल समेत बरामद भएको बताएका थिए । त्यसबेला रिगल भने फरार थिए ।

प्रहरी अनुसन्धानमा खुलेअनुसार रिगलले नेपालगञ्जको सुर्खेत रोडमा एक होटलमा मानन्धरलाई कुरेर बसेका थिए । होटल नजिकै मानन्धर एक्लै आएको अवस्थामा खुँडा प्रहार गरेर उनको हत्या गरेको प्रहरी निष्कर्ष थियो ।

घटनापछि लामो समयसम्म उनी फरार थिए । त्यहीबीच यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान थालेको थियो ।

गुण्डागर्दीविरुद्ध प्रहरीले आक्रामक अभियान चलाइरहेका बेला ब्यूरोको समेत छानबिनको दायरामा परेपछि रिगलले ७ भदौ २०७२ मा अदालतमा आत्मसमर्पण गरेका थिए ।

रिगल कुनै समय केन्द्रीय कारागारमा गुण्डानाइके समिरमानसिंह बस्न्यात, रमेश बाहुनहरुसँगै थिए । उनी केही समय केन्द्रीय कारागारको गोलघरमा समेत राखिएका थिए ।

त्यसबेला उनीहरुले जेलभित्रैबाट समेत अवैध गतिविधि चलाएको सूचना प्रहरीसम्म पुगेको थियो । पछि ढकाललाई केन्द्रीय कारागारबाट सरुवा गरिएको थियो ।

बुधबार ढकाललाई छाड्ने निर्णयको पत्र आउँदा स्वागतमा तरुण दलका कार्यकर्ताहरुको कारागार बाहिर भिड लागेको थियो । कार्यकर्ताहरुले उनलाई खादा र अविर लगाइदिएका थिए ।

कारागारबाट निस्किँदा उनी तरुण दलका कार्यकर्ताहरुको स्कर्टिंङमा बाहिर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?