+
+

१४.२ केजीभन्दा बढी क्षमताको ग्याँस सिलिण्डर प्रयोग नगर्न आयल निगमको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १७:४७

४ असोज, काठमाडौं । नेपाल आयल निगमले १४.२ केजी भन्दा बढी क्षमताका ग्याँस सिलिन्डर प्रयोग नर्गन आग्रह गरेको छ ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो क्षमताभन्दा बढीका सबै प्रकारका सिलिण्डर गैरकानुनी भएको जनाएको हो ।

विभिन्न स्थानमा ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरू समेत एलपी ग्याँस भरी बिक्री वितरण भएको भन्दै निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले त्यस्ता सिलिन्डरहरूको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध समेत गरेको छ ।

बढी क्षमताका सिलिन्डरमा ग्याँस भरी बिक्री वितरण गर्न विभिन्न उद्योगले अनुमति माग गरे पनि निगमले अनुमति नदिएको स्पष्ट गरेको छ ।

‘निगमले एलपी ग्याँस विनियमावली, २०६५ अनुसार अनुमति दिइएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘१४.२ केजी भन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरूमा ग्याँस भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्याँस भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न यसै सूचना मार्फत जानकारी गराइएको छ ।’

निर्धारित तौल भन्दा बढी क्षमताका सिलिन्डरमा ग्याँस भरी विक्री वितरण गरेको पाइएमा कारबाही गरिने पनि निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?