+
+

क्यानको अध्यक्षमा उठ्ने विनयराज भण्डारीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १२:२४

५ असोज, काठमाडौं । बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।

लुम्बिनी प्रदेश क्रिकेट संघको उपाध्यक्ष समेत रहेका भण्डारीले पहिलो पटक केन्द्रीय निर्वाचन लड्न लागेका हुन् ।

अध्यक्ष चतुरबहादुर चन्द नै फेरि अध्यक्षमा दोहोरिने तयारीमा छन् । ‘चन्दविरुद् रुष्ट साथीहरूले मलाई उठ्नुस् भन्नू भएको छ,’ भण्डारीले भने, ‘ म क्यानको अध्यक्षमा लड्दैछु ।’

क्यानको साधारणा सभा आज शुक्रबार सुरु भएको छ । कार्य समिति चयनका लागि भने भोलि शनिबार चुनाव हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?