+
+

नेपालका लागि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीलाई क्यानको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १४:३६

५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालका लागि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो ब्याचका खेलाडीलाई सम्मान गरेको छ।

सन् १९९६ सालमा एसीसी ट्रफी खेल्ने खेलाडीलाई क्यानले साधारणसभाको अवसरमा सम्मान गरेको हो ।

पहिलो ब्याचका कप्तान उत्तम कुमार कर्मचार्य यसअघिका राष्ट्रिय क्रिकेट टिमका सेलेक्टर रहेका थिए । उपकप्तान लेख बहादुर क्षेत्री हाल राखेप सदस्य रहेका छन् ।

त्यस्तै पहिलो ब्याचकै खेलाडी बसन्त शाही हाल राष्ट्रिय टिमका सहायक प्रशिक्षक हुन् । जगत बहादुर टमाटा यू-१९ क्रिकेट टिमका प्रमुख प्रशिक्षक रहेका छन् । सञ्जय गुरुङ हाल अन्तरास्ट्रिय रेफ्रि तथा हाल लुम्बिनी क्रिकेट संघको अध्यक्ष पनि रहेका छन् ।

क्यानले पहिलो ब्याचका खेलाडीलाई लामो समयदेखि नेपाली क्रिकेटमा लागि परेको भन्दै सम्मान गरेको हो । त्यस समयका प्रशिक्षक सुरज कुमार भट्टराई पनि सम्मानित भएका छन् ।

क्यानबाट सम्मान पाउने खेलाडीहरु:

उत्तम कुमार कर्मचार्य(कप्तान), लेखबहादुर क्षेत्री (उपकप्तान), मनिषराज पाण्डे, वसन्त शाही, जगत बहादुर टमटा, सञ्जय गुरुङ, किरण शमशेर राणा, राजु खड्का, पवन कुमार अग्रवाल, पुकार पन्त,मुसर्रफ इजहार, विशाल गुप्ता र रितेश बराल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?